धनगढी। कैलालीको अत्तरियामा अवरुद्ध पारिएको यातायात सञ्चालनमा आएको छ ।आज बिहान अत्तरियास्थित पद्मा अस्पतालमा उपचाररत गोदावरी नगरपालिका –३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएको थियो।
बोहराको मृत्यु भएपछि तनाव सिर्जना भएको हो । डाक्टरको लापर्बाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित भएका मृतकका आफन्तले अस्पतालमा ढुंगामुडा प्रहार गरेका थिए भने, अत्तरियाको यातायात पनि अवरुद्ध पारेका थिए।
चोकमा प्रदर्शन हुन थालेपछि अत्तरिया भएर चल्ने यातायात सेवा ठप्प भएको थियो । चोकमा प्रहरीले सुरक्षा कडा पारेको छ ।अहिले अवरुद्ध यातायात सञ्चालनमा आइसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ।आक्रोशित आफन्त र अस्पतालबीच सहमतिको प्रयास भइरहेको प्रहरीले जनाएको छ।