धनगढी : नेकपा एकिकृत समाजवादी धनगढी उप महानगर कमिटि र निर्वाचन परिचालन अभियानको बिस्तारित बैठक सम्पन्न भएको छ ।
निर्वाचन परिचालन अभियान टोलीका केन्द्रिय सदस्य दिनेश चन्द्र सुवेदीको अध्यक्षतामा बसेको बैठकमा पार्टी केन्द्रिय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज गरिमा शाह प्रमुख अतिथि रहेकी थिइन् ।
बैठकले संगठन सुदृढीकरण र निर्वाचन परिचालनमा केन्द्रित रहनका लागी वडामा जिम्मेवारी दिने निर्णय गरेको नेकपा एकिकृत समाजवादी पार्टी कैलालीका बरिष्ठ उपाध्यक्ष तथा धनगढी ईन्चार्ज बिमल जोशीले जानकारी दिए ।
बैठकमा उपमहानगरपालिकाका १९ वटै वडा अध्यक्ष हरुले संगठनिक अवस्था को बारेमा रिपोर्टिङ गरेका थिए । साथै बैठकमा नेकपा माओवादी केन्द्रका दिपक बिक र नेपाली कंग्रेसका कृष्णमान सोव लगायत ६५ जना एकीकृत समाजवादीमा प्रवेश गरेको जोशीले बताए ।
उपमहानगर कमिटी अध्यक्ष तथा निर्वाचन परिचालन अभियान टोलिका सदस्य सचिव मदन रेग्मी ले सन्चालन गरेकोे बैठकमा पार्टी केन्द्रिय सदस्य लक्ष्मी चौधरी, कलावती जोशी, सुसिला बुढाथोकी र जिल्ला कमिटी उपाध्यक्ष तथा उप महा नगर इन्चार्ज बिमल जोशी ले बैठकलाई सम्बोधन गरेका थिए ।