धनगढी : सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले बिचारमा प्रस्ट र सेवा प्रवाशमा तठस्त बन्न पत्रकारहरुलाई आग्रह गरेकी छिन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा सुदूरपश्चिम प्रदेश पत्रकार महासंघले आयोजना गरेको पत्रकार क्षमता बिकासका लागी सुदूरपश्चिम प्रदेश स्तरिय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै जोशीले लोकतन्त्रमा सबैलाई आफ्नो बिचार रोज्ने अधिकार भएको बताएकी हुन् ।
फरक बिचार र फरक समुहमा बोल्न बिचार राख्ने अधिकार लोकतन्त्रले सुनिश्चितता गरेको छ जोशीले भनिन् “फरक बिचार भएपनि आफ्नो सेवा प्रवाहमा तठस्त बन्नुपर्छ, पत्रकारले सेवा प्रवाहमा टठस्त नबने हामीले चाहेजस्तो समाज निर्माण गर्न सकिदैन ।” पत्रकारले स्वतन्त्रताको रक्षा गर्नु धर्म हो उनले भनिन् “तर स्वच्छन्द ढंगले लेख्नुभएन पत्रकारले निश्पक्ष ढंगले कलम चलाए सबै क्षेत्र सही दिशामा अघि बढ्छन् ।”
मन्त्री जोशीले मुलुकमा संघिय लोकतान्त्रीक गणतन्त्र स्थापित गराउनमा पत्रकारको भुमिका स्वणिम अक्षरले लेख्नयोग्य रहेको बताइन् । तर कहीँ कतै आफ्नो कर्तब्य भन्दापनि ब्यक्तिगत कुन्ठाका आधारमा समाचार सम्प्रेशण नगर्न उनले आग्रह गरिन् । कार्यक्रममा बोल्दै जोशीले प्रदेशको सञ्चार निति पत्रकारहरुकै सहभागितामा ल्याएको र ऐन ल्याउन लागेको बताइन् ।