धनगढी। सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० घोषणा गरे संगै उम्मेदवारी दिने क्रम बढेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी नगरपालिकामा पनि मेयर पदका लागी उम्मेदवारी दिनेक्रम बढेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी गुरास एकेडेमीका अध्यक्ष डम्मर सिंह कडायतले मेयर पदमा दावी गरेका छन् । २०५१ साल देखि विद्यार्थी राजनितीबाट राजनिती शुरु गरेका कडायतले गोदावरी नगरपालिकालाई देशकै सम्वृद्धि तथा उत्कृष्ट नगरपालिका बनाउँन आफ्नो उम्मेदवारी रहेको बताए ।
उनले हालसम्म नेपाली कांग्रेस प्रजातान्त्रिक त्रिचन्द्र क्याम्पसको सचिव, सिद्धनाथ विज्ञान क्याम्पसको नेवि संघको सह सचिव तथा विभिन्न बैकहरुमा विभिन्न पदहरुमा रहेर काम गरेको अनुभव छ । गरिव तथा किसान परिवारमा जन्मिएका कडायतले राजनिती लाई कुनै पेशाका रुपमा नभई समाज सेवाका रुपमा अगाडी बढाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन।