बझाङ। नेपाली काँग्रेसका सुदुरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले बोली फेरेका छन्। सुदुरपश्चिमका बिभिन्न जिल्लामा आयोजित कार्यक्रममा हालको सत्ता गठबन्धन आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नरहने बताउँदै आएका उनले बझाङ पुगेर फेरेका हुन् ।
लगातार रुपमा सुदुरपश्चिम प्रदेशमा कुनै पनि दलसँग गठबन्धन हुन नसकने बताउँदै आएका बलायरले बझाङको खप्तड छान्ना गाउँपालिकामा भएको कार्यक्रममा आवश्यकता अनुसार गठबन्धन हुने बताएका छन् । सुदुरपश्चिम दौडाहमा रहेका बलायर बुधबार खप्तडछान्ना गाउँकार्य समितीले आयोजना गरेको चुनावी अभियानलाई सम्बोधन गर्न बझाङ पुगेका बलायरले काँग्रेसले जित्ने ठाउँमा गठबन्धन नहुने तर काँग्रेस कमजोर भएको ठाँउमा गठबन्धन गर्ने बताएका हुन्।
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाको गृह जिल्लामा पुगेर नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीलाई पदलोभी र अवसरवादीको संञा दिएका बलायर पार्टीको केन्द्रिय समितीको बैठकले आवश्यकता हेरेर गठबन्धन गर्ने निर्णय गरेपछि आफ्नो अडानबाटपछि हटेका हुन्। कार्यक्रममा बोल्दै बलायरले बझाङमा नेपाली काँग्रेसलाई स्थापित गर्नका लागी खप्तडछान्ना गाउँपालिकाको ठुलो भुमिका रहेको बताएका छन् । उनले नेपाली काँग्रेसले अव फेरी पनि स्थानियहरुको मन जितेर स्थानिय तहमा जित हासिल पार्नु पर्ने बताए।उनले भने ‘जव देशमा संकट आइलाग्छ, देशले नेपाली काँग्रेसको आवश्यकता महशुस गर्ने गर्दछ। त्यस कारण फेरी पनि देश कम्युनिष्टको हातमा परेको खण्डमा स्वाधिनता, अखण्डता समाप्त भएर जान्छ । अव काँग्रेसले नेपाली जनतालनई आफ्ना योजेण्डाहरुलाई प्रष्टरुपमा जनता समक्ष लिएर जानु पर्छ । केन्दीय कार्य समितीले नै गठबन्धन गर्ने निर्णय गरेपछि सुदुरपशिचमा नहुने भन्ने छैन् उनले भने।’ यसअघि उनले आफ्नै पार्टीका सभापतिको भनाइलाई काउन्टर दिदै नेपाली काँग्रेस अरुको आशामा बाँँच्ने परनिर्भर पार्टी होइन्। गठबन्धन आवश्यक छैन भन्दै आएका थिए।
‘पछिल्लो समय जनताहरुलाई केही नक्कली कम्युनिष्टहरुले एमसीसीलाई हतियार बनाएर नेपाली काँग्रेसका विरुद्ध हल्ला फैलाउदै गएका कारण एमसीसीका बारेमा जनतालाई यथार्थ कुरा जानकारी गराउनु पर्ने छ,’ नेता बलायरले भने ‘एमसीसी एक विकास परियोजना हो । यसले देशको अर्थतन्त्रमा ठुलो सहयोग पुग्छ । नेपाली काँग्रेसले कहिलैपनि राष्ट्रको हित विपरित कुनै पनि काम गर्दैन् ।’
साथै प्रदेश सभापति वलायरले आगामी निर्वाचनमा नेपाली काँग्रेसका हरेक नेता कार्यकर्ताहरुलाई एकदत्तचित्त भएर पार्टीको चुनावी अभियानमा लाग्न पनि निर्देशन दिएका छन् । ‘कम्युनिष्टको हललाले फेरी जनताहरु यता र उता हुनसक्छन् । त्यस कारण जनतालाई सम्झाउन सक्नु नै सबैभन्दा ठुलो सफलता हाम्रो लागी हुनेछ,’ नेता बलायरले भने । बलायरले आज बाजुराको कार्यक्रमलाई सम्कोधन गर्ने कार्यक्रम रहेको छ।