बझाङ। बझाङको पर्यटन प्रर्वद्र्धनका लागि सेती नदीमा र्याफ्टिङ गरिने भएको छ। सेती नदीको मनमोहक दृश्यावलोकन र समग्र बझाङको पर्यटन बिकासका लागि सुनिकोटदेखि पानकोटसम्म परिक्षण गरिने भएको हो ।
चैत १८ गते सुनिकोटदेखि पानकोटसम्म सेती नदीमा परिक्षण गरिने एक्सप्लोर सुदूरपश्चिम टुर एण्ड एडभेञ्चर प्रालिका प्रबन्ध निर्देशक किशोर खड्काले बताए । १८ गते परिक्षण सफल भए चैत १९ गतेदेखि १ हप्तासम्म सेती नदीमा र्याफ्टिङ सञ्चालन गरिने खड्काको भनाई छ । टिकट र समय परिक्षणपछि मात्रै तय गर्ने र पहिले एउटा मात्रै र्याफ्टिङ ल्याउने पछि आवश्यकताका आधारमा र्याफ्टिङ् थपिने खड्काले बताए ।
प्रबन्धक खड्काका अनुसार सेती नदीको संरक्षण र बझाङमा पर्यटन बिकासका आधारहरु तय गर्न उक्त कार्य गर्न लागिएको हो । पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको बझाङ जिल्ला प्रबद्र्धनका लागि सरोकारवाला सबैसँग सहकार्य गरिने उनको भनाइ छ । खड्काले बझाङ आफैंमा धार्मिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्य रहेको बताए । यस क्षेत्रको प्रचार प्रसारका लागि पर्यटकिय क्रियाकलापहरु गर्न जरुरी रहेको समेत उनको भनाई छ ।