कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका साक्षर नगर घोषणा भएको छ। सबै वडा साक्षर भएपछि मंगलबार नगरपालिकालाई पनि साक्षर घोषणा गरिएको हो।
बेदकोट नगरपालिकाका वडाहरुलाई गत वर्षदेखि साक्षर घोषणा सुरु गरिएको हो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी साक्षर भएर साक्षर घोषणा गर्न सकिन्छ। तोकिएको उमेर समूहका ४५ हजार ३०६ मध्ये साक्षरता प्रतिशत ९७ दशमलव ६५ प्रतिशत पुगेको बेदकोट नगरपालकाकी शिक्षा शाखा प्रमुख मञ्जु थापाले बताइन् ।
कुनै पनि व्यक्तिलाई साक्षर घोषणाका लागि वर्ष अक्षरको लेखाई र पढाई गर्न सक्ने, मातृभाषामा लेखिएको मूल्यसुची र बिल पढ्न सक्ने, परिवारका सदस्यको नाम लेख्न सक्ने, मोबाइल र क्याल्कुलेटरका अंक चिन्न तथा थिच्न सक्ने, ० देखि ९ सम्मका अंक चिन्न र लेख्न सक्ने, १ देखि १०० सम्मका अंक गणना गर्न सक्ने लगायतका १२ वटा सूचकहरु पूरा गर्नुपर्ने हुन्छ ।यसअघि लालझाडी र बेलडाँडी गाउँपालिका साक्षर घोषणा भईसकेका छन् । गाउँपालिका साक्षर घोषणा भएतापनि नगरपालिकामध्ये साक्षर घोषणा हुने बेदको पहिलो नगरपालिका हो ।