धनगढी। धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ को उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन।
दुवै टिमले शुक्रबार भएको सेमिफाइनल खेलमा आफ्ना प्रतिद्धन्दिलाई पराजित गर्दे फाइनलमा प्रवेश गरेका थिए ।शुक्रबार भएको पहिलो खेलमा आर्मीको टिमले विभागिय टोली एपीएफलाई ३–१ को सेटले पराजित गरेको थियो ।
त्यस्तै शुक्रबार भएको दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–२ को सेटले पराजित गर्दै विभागिय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको फाइनल खेल अहिले सवा ८ बजे देखी हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ४ लाख, उपविजेताले २ लाख, तेस्रो हुने टोलीले १ लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।