कैलाली। आज (शुक्रबार) कैलाली र कञ्चनपुर जिल्लामा सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राना थारु समुदायको होलीपछिको खखडेहरा पर्वको अवसरमा आज बिदा दिएको हो।
उक्त दिन राना थारु समुदायको खखडेहरा पर्व परेकाले कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदाबारे जानकारी गरेको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो। सरकारले प्रकाशन गरेको सुचना यस्तो छ…