धनगढी : देश र जनताको शुरक्षाका लागी सेवारत तथा अवकाश प्राप्त सैनिकपनि तयार रहनुपर्ने प्रधान सेनापती प्रभुराम सर्माले बताएका छन् ।
भावानी दल तेघरी कैलालीमा आयोजित कैलाली कञ्चनपुरको नेपाली सेना भुतपुर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापती बहालवाला सेना संगै अवकाश प्राप्त सेनालेपनि देश र जनताको सेवाका लागी तयार रहनुपर्ने बताएका हुन् ।
सर्माले नेपाली सेना देश र जनताको सेवा गर्नका लागी कुनैपनि हालतमा पछि नहट्ने बताएका हुन् । नेपाली सेनालाई देशको शुरक्षा, सारभौम सत्ता, अखण्डता र नेपाली जनताको एकता र उहाँहरुको शुरक्षानै नेपाली जनताले बनाएको संबिधानले अधिकार दिएका कारण सो अधिकारभित्र रहेर नेपाली सेना सेवा गरिरहेको सर्माको भनाई छ । संबिधानले दिएको अधिकारलाई बिर्षन नहुने तर्क गर्दै सर्माले यी बाहेक शान्ति सेना, बन जंगलको शुरक्षा, बिपद ब्यवस्थापन लगायतका काममा सेनाले उत्कृष्ट भुमिका निर्बाह गरेको बताए ।
शर्माले नेपाली सेनाका संगठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन् । सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने भएकाले परिश्रम र देशभक्तिको ज्ञान अरूलाई सिकाएर सहयोग पु¥याउनु पर्ने बताए ।
उनले स्वदेशमै बसेर माटो खन्ने खोस्रने, परिवार, समाज र देशको आर्थिक विकासमा टेवा पु¥याउन आग्रह गरे । विदेशमा गएकाले धेरै दुःख पाएको देखेको घटना सुनाउँदै उनले बिदेशमा नेपाली तल्लो स्तरको काम गरेको देख्दा चित्त दुख्छ, नेपाली माटोमै केही गरेर देखाउनुपर्नेमा जोड दिए ।
सम्मेलनका क्रममा १०६ वर्षीया एकल महिला भद्रकाली कठायत र ९३ वर्षीय खड्गजीत खत्रीलाई ज्येष्ठ भूपू तथा एकल महिलाको सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा यस क्षेत्रको वेषभूषा, झाँकी प्रदर्शन गरियो । कार्यक्रममा प्रधानसेनापति शर्माले भूपू सैनिक र उनका परिवारसँग अन्तरक्रिया गरेका थिए भने सम्मेलनमा कैलालीका ९१९ र कञ्चनपुरका एक हजार ३४४ भूपू सैनिक तथा एकल महिला परिवारको सहभागिता थियो ।