धनगढी, : कैलालीको धनगढीमा जारी मुख्यमन्त्रीकप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तरगतआजभएकादुई खेलमा सुदूरपश्चिम र कर्णालीप्रदेश विजयीभएका छन् । आजभएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनीप्रदेशलाई ६ विकेटले पराजितग¥यो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय७ रन बनायो । १ सय ८ रनको विजयीलक्ष्यसहितजवाफी ब्याटिङ थालेको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुदूरपश्चिमलाईजिताउनमनीषाचौधरी र यशोदा विष्टले ६३ रनको अविजित साझेदारी गरिन । सुदूरपश्चिमकालागिमनीषाले व्यक्तिगत ३०, अनु कठायतले २७ र यशोदाले ११ रन बनाइन् ।बलिङ तर्फ लुम्बिनीकीशुस्मिता भुसालले १ विकटलिइन ।
त्यस अघि पहिलो इनिङमालुम्बिनीकी जिज्ञासा थापाले ३२, रन्जु श्रेष्ठले २५, आस्मा पुलामी मगरले १६ र यमुनाथारुले अविजित १५ रन बनाइन । बलिङ तर्फ सुदूरपश्चिमकीमनीषाचौधरी, जानकीथापा र स्नेहा महराले समान १÷१ विकेट लिइन । खेलको प्लेयर अफदीम्याच सुदूरपश्चिमकीमनिष घोषित भइन ।
आजै भएको दोस्रो खेलमा कर्णालीप्रदेशले बागमतीप्रदेशलाई ९ विकेटले पराजितग¥यो । टस जितेर ब्याटिङका लागि मैदानउत्रिएको बागमतीले २० ओभरमा७विकेट गुमाएर ६७ रन मात्रै बनाउन सक्यो । ६८ रनको विजयीलक्ष्य पछ्याएको कर्णालीले १२.२ ओभरमै १ विकेटगुमाएर लक्ष्य भेट्टायो । कर्णालीको जितमातिर्सनाविश्वकर्माले अविजित २२ रन बनाइन । उसकीकिरण कुमारी कुँवर १७ रन बनाएर रन आउट हुनपुगिन ।
त्यस अघि बागमतीकालागि हेलिसा गुरुङले अविजित ३४ रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन सम्झनलायकबन्न सकेन । बलिङ तर्फ कर्णालीकीएन्जिलाथापा र विनाथापाले समान २÷२ तथाश्रीमा सिं थारु र तिर्सनाविश्वकर्माले समान १÷१ विकेट लिइन । खेलको प्लेयर आफदीम्याचतिर्सनाचुनिइन ।
नेपालक्रिकेट सङ्घ(क्यान) को आयोजनामाजारी प्रतियोगिताको विजेता टिमले पाँचलाख र दोस्रो हुनेले तीनलाखनगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्तगर्ने छन् । प्रतियोगितामा७प्रदेशका सात १९ वर्ष मुनीको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागितारहेको सङ्घकाप्रदेश अध्यक्ष हरि रेग्मीले बताए । ११ गतेसम्मचल्ने प्रतियोगिताको प्रवर्द्धक सुदूरपश्चिमप्रदेश खेलकुद परिषद् रहेको छ ।