धनगढी : नेकपा एकिकृत समाजवादीका महासचिव बेदुराम भुसालले तत्कालिन प्रधानमन्त्री केपी सर्मा ओलीले सिद्धान्त बिपरित काम गरेकाले पार्टी फुटेको बताएका छन् । नेपाल दलित मुक्ती संगठन सुदूरपश्चिम प्रदेशको बैठक तथा चुनावी जनपरिचालन अभियानलाई धनगढीमा सम्बोधन गर्दै भुसालले केपी ओली जस्तै पार्टी सिद्धान्त बिपरित काम नगर्न कार्यक्रताहरुलाई निर्देशन दिएका हुन् ।
केपी ओलीले पार्टी सिद्धान्त अनुसार काम गरेको भए हामीले बिद्रोह गर्नुपर्ने थिएन भुसालले भने “पार्टीको सिद्धान्त एउटा छ, त्यो सिद्धान्तलाई लत्याएर अर्कै बाटोमा केपी ओली जानुभयो जति सच्याउन खोज्दापनि नसच्चिएपछि हामीले बिद्रोह गर्नुपरेको हो त्यस कारण तपाइहरुपनि कोही पार्टी सिद्धान्त बिपरित नलाग्नुहोला ।”
पार्टी निर्वाचन केन्द्रित कार्यक्रमहरु ग्रिरहेको छ हामी निर्वाचनको मुखमा छौँ उनले भने “पार्टी बनाउन छोडेर ब्यक्ती आफै आफुखुशी गरी उम्मेदवार बन्दै नजानुहोला यसले फेरी केपी ओली जस्तै बनाउँछ हामीले कसै ब्यक्तीलाई नभई पार्टी बनाउनुपर्छ त्यस कारण पार्टीको उम्मेदवार बनाउनमा लाग्नुहोला ।”
कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले भने देशभरी दलितको प्रतिनिधित्व गर्ने गरी आ आफ्नो वडामा आफ्नो बलियो उपस्थिती देखाउन निर्देशन दिए । देशभरीका सबै वडामा दलित वडा सदस्य अनिवार्य ब्यवस्था छ उनले भने “त्यो ठाउँमा नेकपा एकिकृत समाजवादीले जित्नेगरी काम गर्नुहोला अनी पार्टी बलियो बन्ने छ ।” समानुपातिक प्रतिनिधित्व मात्रै नभएर कार्यकारी पदमापनि दलितहरुको नेतृत्व हुनुपर्नेमा उनले जोड दिए ।
हामीलेनै सिफारिश गरेका ब्यक्तीहरुले रामे काम गर्नुभएन भन्ने गुनासो आउने गरेको छ भुसालले भने “राम्रो काम गर्ने र समाजमा राम्रो छवी बनाएका ब्यक्तीलाई पार्टीको उम्मेदवार बनाउनुस निर्वाचनपनि जितिन्छ र जितेपछि काम राम्रो गरेर पार्टीको उचाइपनि थप बढ्छ ।”