धनगढी : नेकपा माओवादी केन्द्र निकट वाइसियल नेपालको धनगढी उप महानगर ईन्चार्जमा बिस्णु केसी चयन भएका छन् । वाइसियल नेपाल सुदूरपश्चिम प्रदेश कमिटि सदस्य रहेका केसीलाई चैत २ गते बसेको प्रदेश समिति बैठकले धनगढी उप महानगरको ईन्चार्जको जिम्मेवारी दिएको हो ।
वाइसियलको धनगढी संयोजक तथा तत्कालिन नेकपा बन्दा युवा संघ नेपालको धनगढी नगर अध्यक्ष समेत बनिसकेका केसीलाई हाल वाइसियल नेपाल धनगढी उप महानगर समिति ईन्चार्जको जिम्मेवारी दिइएको हो ।
ईन्चार्जको जिम्मेवारी पाएसंगै केसीले अब जिम्मेवारी संगै कामको भार थपिएको बताए । आफ्नो पार्टीमा गरेको कामलाई मुल्याकंन गर्दै नेताहरुले जिम्मेवारी प्रदान गरेको भन्दै केसीले धनगढी उप महानगरपालिकामा वाइसियल नेपाललाई थप बलियो बनाउने बताएका छन् । वाइसियललाई अब चुनाव केन्द्रित मोर्चा बनाएर जाने उनको भनाई छ ।
टोल कमिटि गठन देखी पार्टीलाई बलियो बनाउन वाइसियल नेपालले अब सशक्त रुपमा लाग्ने केसीले बताए ।