धनगढी। कैलालीको कैलारी गाउँपालिका–७ को वडा कार्यालयद्वारा १२ क्लबलाई खेलकुद सामग्री वितरण गरिएको छ । कैलालीको कैलारी गाउँपालिका–७ को वडा कार्यालयले सो वडामा रहेका १२ गाउँका १२ वटा युवा क्लबलाई खेलकुद सामग्री र पोशाक वितरण गरेको हो।
खेलाडीलाई प्रोत्साहन गर्ने र खेलकुद विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ वडा कार्यालयले क्लबहरुलाई पोशाकसहित, भलिबल, फुटबल र गोलकिपरले लगाउने पञ्जा वितरण गरिएको जनाइएको छ। चालू आर्थिक वर्षको महिला तथा बालबालिका लक्षित वर्ग कार्यक्रम अन्तर्गत क्लबहरुलाई खेलकुद सामग्री वितरण गरिएको वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १२ वटै क्लबलाई एक÷एक थान भलिबल र फुटबल, एक/एक जोड गोल किपिङ पञ्जा र आवश्यक पोशाक प्रदान गरिएको अध्यक्ष चौधरीले जानकारी दिए । उनले फुटबल र भलिबलका १९२ सेट पोशाक प्रदान गरिएको जनाए। ‘धेरैजसो क्लबले खेलाडीको पोशाक खरिद गर्न सक्दैनन्’, उनले भने । ‘उनीहरुलाई खेलमा प्रोत्साहन गर्ने उद्देश्यले हामीले वडाबाट सहयोग गरेका हौं ।’
यस्तै, छटक बसन्ताको भलिबल ट्रेनिङ सेन्टरलाई १० वटा प्रशिक्षण बल पनि प्रदान गरिएको छ । कार्यक्रममा वडा सदस्यहरु फिरुराम चौधरी, सुन्दरप्रसाद चौधरी, वडा नम्बर ७ का वडा सचिव गणेश चौधरी, माओवादी केन्द्रका वडा इन्चार्ज तुल्सीराम चौधरी, भलमन्सा रामलाल चौधरी, विभिन्न क्लबका खेलाडीको सहभागिता रहेको थियो ।