धनगढी : कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ को कार्यालयका बिल ठेली लगायत महत्वपुर्ण कागजात बेवारिसे अवस्थामा फेला परेका छन् । वडा नम्बर १ मै रहेको गाउँपालिका कार्यालय भन्दा २ सय मिटर तल बेवारीसे अवस्थामा सो कागजात फेला परेका हुन् ।
बोरामा हालेर राखिएको अवस्थामा ति कागजपत्र स्थानियले फेला पारेका थिए । शनिबार बिहान पसल खोल्दा बेवारिशे अवस्थामा भेटेको स्थानिय मनिराम आचार्यले बताए । सो बोरा खोलेर हेर्दा चुरे गाउँपालिका वडा नम्बर १ को २४ थान बिल ठेली फेला परेको आचार्यले बताए । बेवारिसे बोरामा के रहेछ भनी हेर्दा २२ थान प्रयोग गरेको बिल ठेली र २ थान बिना प्रयोगको ठेली र १९ थान मालपोत तिरेको रशिदको ठेली फेला पर्यो आचार्यले भने “शनिबार बिहान पसल खोल्दा सो बोरा खोला छेउमा बेवारिसे भेटिएको थियो, दिनभरी कसको बोराहो भनेर खोजतलास गरेपनि कोही सम्पर्कमा आएनन्, आइतबार बिहानसम्म बोरा लिन कोही सम्पर्कमा नआएपछि बोरा खोलेर हेर्दा वडा कार्यालयको बिल ठेली फेला परे ।”
जनताले तिरेको राजश्वको रसिद यी हुन् आचार्यले भने “यो आर्थिक संग सम्बन्धित रशिद भएकाले उत्तिकै बुझाउन मिलेन त्यसपछि नजिकै प्रहरी चौकी थियो चौकीमा गएर प्रहरीलाई मुचुल्का बनाएर बुझ्न आग्रह ग¥यौँ तर प्रहरीलेपनि बुझेन ।” प्रहरीलेपनि समान जिम्मा लिन नखोजेको भन्दै आचार्यले वडा कार्यालयको कर्मचारी तथा जनप्रतिनिधीलाई समान लिएर जान आग्रह गरे ।
यसरी बेवारिसे अवस्थामा महत्वपुर्ण सरकारी कागजात भेटिनुले शंका उब्जिएको उनले बताए । एक त शनिबार छ, शनिबारकै दिन काजगपत्र बाहिर भेटिनु एक शंका छ उनले भने “वडाका जनप्रतिनिधी र कर्मचारीले गलतै नगरेपनि गल्तीलेनै यता छुटेपनि अहिलेसम्म खोज्नु त पर्ने, अनी जनताले तिरेका महत्वपुर्ण कागजात यसरी बेवारिसे छोडिएपछि भोलीका दिन कागजपत्र आवश्यक परे कहाँ खोज्ने, गलत काम गरेका कारण कागज भेटिएर सबै पोल खुल्छ भनेर फाल्नपो खोजिएको हो की यो शंकाको कुरा छ ।” यो नियम भन्दा बाहिर गयो, अति लापरबाही भयो उनले भने “आज जे भएपनि भोलीका दिनदेखी गल्ति नहोस भनेर हामीलेपनि खबरदारी गरेका छौँ ।”
आम चुरे वडा नम्बर १ बासीले तिरेको करको अपमान भएको स्थानिय नवराज भट्टले बताए । दैनिक घर खर्चबाट कटाएर सरकारलाई तिरेको करको सदुपयोग हुनु त कहाँ हो उल्टो गल्ती ढाकछोप गर्न बिल ठेलीनै गायब गर्ने रणनिति अपनाइएको पाइयो उनले भने “करको ठाडो अपमान भयो यहाँका जनप्रतिनिधिको लाचारीपन हो यहाँ दुइवटा कुरा देखिन्छ की कुनै ठाउँ पठाउनका लागी हो की झन शनिबारको दिन भेटिएको बोरा कहाँबाट कहाँ जान लागेको हो कुनै पत्ता भएन ।”
कुनै गलत नियत लिएर यी बिल ठेली फालिएका पो हुन् की यो शंकाको बिषय छ भट्टले भने “सायद गलत काम भ्रस्टाचार गरेका कारण केही प्रमाण भेटिहाल्छ की भनेर यी बिल ठेली फालेको हुनुपर्छ प्रमाण लुकाउन यी ठेली फालेको लाग्छ यो गलत भएको छ जनतामाथी ठुलो अपमान भएको छ ।” गल्ती जनप्रतिनिधी गरोस या कर्मचारी जिम्मा सरकार प्रमुखले लिनुपर्ने उनको जोड छ ।
वडा अध्यक्ष हुकुम बोहराले गाउ“पालिकामा कार्यरत कर्मचारी किरण नेपालीले आफुले बुझ्ने भन्दै शुक्रबार सो कागजपत्र गाडिमा पठाउन आग्रह गरेको बताए । ‘वडा सचिव हेमबहादुर विष्टलाई शुक्रबारनै कर्मचारी किरणले गाडिमा कागजपत्र पठाउन भनेको रहेछ । सो दिन वडा सचिवले पठाउन सकेनन । शनिबार विदा थियो । किरण पनि घर गएका रहेछन । वडा सचिवले गाडिवालाको जिम्मा लगाएर पठाएका रहेछन’ उनले भने –‘वडा सचिवले होटलवालालाई बुझाईदिन भनी गाडिवालालाईमात्र भने तर, होटलमा जानकारी भएन । सामान होटल छेउमै रहयो । केही राजनीतिक दलका लागि त्यो विषय ठुलो भयो । आइतबार विहान किरणले लिन जा“दा जिम्मा लगाइएन ।’
यस बारेमा चुरे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल पाण्डेयलाई बुझ्दा वडा कार्यालयले अडिटका लागी गाउँपालिका पठाएको कागजपत्र बाटोमै रहेको पाइएको छ । प्रशासकिय अधिकृत पाण्डेयले भने “गाउँपालिकामा अडिट आइरहेकाले वडाबाट वडा सचिव हेम बहादूर बिष्टले गाउँपालिकाको कर्मचारिसंग समन्वय गरेर गाडीमा पठाउनुभाको रहेछ तर मान्छे कोही नआएपछि समान गाडीले बाटोमै छोडेर गएको बुझिएको छ म थप के रहेछ बुझिरहेको छु ।”
समान बेवारिशे अवस्थामा फेला परेको जानकारी पाउनसाथ प्रहरीलाई मुचुल्का उठाएर समान राख्न भनेको छु उनले भने “समान प्रहरीले राखिसकेको छ होला अब यसमा कर्मचारीहरुको लापरबाही देखिएकै छ वडा सचिव जिम्मेवार नभएकै कारण बेवारिसे अवस्थामा महत्वपुर्ण कागजात भेटिए अब कागजात हराए त्यही अनुसारको कार्वाही हुन्छ, सकुशल छ भनेपनि स्पस्टिकरण सोधेर आवश्यक कार्वाही गर्छौँ ।”