कैलाली। आजदेखि कैलाली सहित १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ।
आज फागुन २८ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादूर धामीले जानकारी दिए। कैलालीमा फागुन २८ गतेदेखि चैत १५ गते सम्म हात्तीपाइलेको आम औषधी सेवन अभियान सुरु गरिने भएको छ।
हात्तीपाइले विरुद्धको १० औँ चरण अन्तरगत कैलालीमा ८ लाख ६९ हजार ८ सय ६९ जनालाई हात्तीपाइले बिरुद्धको आम औषधी खुवाइने लक्ष्य रहेको लिइएको छ। सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको कैलाली जिल्ला हात्तिपाइले रोग निवारणको लक्ष्यमा असफल हुदै आएको छ ।
अन्य जिल्लामा ६ पटकसम्म अनिवार्य औषधी सेवन गरेपछि लक्ष्य हासिल भएपनि कैलालीमा यस बर्ष दशौ पटक हात्तिपाइले निवारणका लागी औषधी खुवाउने अभियान सञ्चालन हुन लागेको छ। जिल्लाको ६५ प्रतिशतले औषधी सेवन गर्नुपर्ने भएपनि ४८ प्रतिशतले मात्रै ५ पटक औषधी सेवन गरेका कारण हात्तिपाइले रोग निवारण कार्यालय सफल नभएको हो।हात्तिपाइले बिरुद्धको औषधी सेवनले कुनै समस्या ननिम्त्याउने भन्दै चिकित्सकले सबैलाई औषधी सेवनका लागी अनुरोध गरेका छन्।
यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयका अनुसार झापा, बारा, लमजुङ, पर्वत, बागलुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन थालिने महाशाखाका निर्देशक डा चुमनलाल दाशले बताए । तीमध्ये झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाइने छ । उनले यी १० जिल्लामा औषधि खानयोग्य सबैले नखाइ दिएको र हरेक दुई-दुई वर्षमा रगत परीक्षण गर्दा रोगको दर नघटेकाले पुनःऔषधि खुवाउनुपरेको बताए । ती जिल्लाका सबैलाई औषधि खुवाइने छ ।
हात्तीपाइले हाइड्रोसिल र खुट्टामा देखिने गर्दछ। ती १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार मानिसलाई औषधि खुवाउन थालिएको हो। चार हजार ७०० स्वास्थ्यकर्मी र आठ हजार ८०० महिला स्वास्थ्य स्वयंसेविकाले बुथ र घरघरमा गएर औषधि खुवाउने छन् । विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हात्तीपाइले रोग सामाजिक रोग भएकाले सबैको सहयोगबाट नियन्त्रण गर्न सकिने बताउनुभयो। विश्वमा ७२ देशमा देखिएका हात्तीपाइले रोग नेपाल २५ देशमध्ये जोखिममा पर्ने गरेको छ । हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीले गराउँदछ । यो रोगको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका कारणले हुने दीर्घकालीन असर हात्तीपाइले र अण्डकोश सुन्निे गर्दछ ।
https://www.facebook.com/supamedia01/videos/1001925123758684/