धनगढी।धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको दोस्रो सेमिफइनल खेलमा एनआइविएल फ्रेन्ड्स क्लबले बागमती युथ क्लब २-१ गोलले हराउदै फ्रेन्ड्सले फाइनलको यात्रा बनाउन सफल भएको हो । फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजिब लोप्चनले एक/एक गोल गरे। बागमतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए।
खेलको ६४ औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए भने खेलको ७१ औं मिनेटमा राजिबले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८३ औं मिनेटमा जुनियरले गोल गरे पनि बागमती २–१ ले पराजित भयो। अब फ्रेन्ड्सले प्रतियोगिताको फाइलन खेल फागुन २८ गते मनाङ मस्र्याङ्दी क्लबसंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।