धनगढी। नवजीवन अस्पतालमा डायलाइसिस सेवा बैशाख भित्रै सञ्चालनमा आउने भएको छ ।
नवजीवन अस्पतालमा डायलाइसिस सेवा संचालनकालागी आज मार्क इन्टरनेसनल किडनी सेन्टर (Mark international kidney center) र अस्पताल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। मार्क इन्टरनेसनल किडनी सेन्टरका तर्फबाट डाक्टर अर्चन शम्शेर राणा र नवजिवन अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर बिदुरमणी ढकालले हस्ताक्षर गरेका हुन्।मार्क इन्टरनेसनल किडनी सेन्टर र नवजीवन अस्पतालको सहकार्यमा नवजीवन अस्पताल भित्रै डायलाइसिस सेन्टर बैशाख अन्तिम सम्म संचालनमा आउने गरी आज सम्झौता पत्रमा हस्ताक्षर भएको अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिए । उनले भने,सुदुर पश्चिममा अरु कतै ठाउँमा पनि छैन डायलाइसिस सेन्टर, हामिले १० वटा मेसिन ल्याउदैछौ।डायलाइसिस सेन्टर सञ्चालनमा आएपछि बिरामीले उपचार गराउन काठमाण्डौँ तथा भारतमा जानुपर्ने बाध्यता ह्ट्ने बिश्वास लिइएको छ। सिइओ खडायतले भने , सबै बिरामिले आज सम्म कि त काठमाण्डौँ जानुपरेको कित भारतमा जानुपरेको छ, अब नवजिवन अस्पतालमै यो सेवा पाउँछन्, सुदुरपश्चिमका जनताको लागि खुसिको खबर हो । महिनामा कम्तिमा ३ सय जनाले सेवा पाउनेछन, उनले भने । सुदुरपश्चिम प्रदेशमा ५०० जना डायलाइसिस गर्ने बिरामिहरु रहेका छन् तर उक्त डायलाइसिस उपचार सेवा नपाउँदा बाहिर जानुपर्ने बाध्यता छ भने कतीपयले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ ।