धनगढीमा प्रहरीले अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणले कैलालीबाट खटिएको टोलीले आज उक्त सामान बरामद गरेको हो। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नं १५ कनरीस्थित जंगल ईलाकामा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका सामान बरामद गरिएका हुन्।
बेवारिसे अवस्थामा रहेका पाँच लाख अन्ठानब्बे हजार बरावरको अटो, चिनी र भुजा बरामद गरी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले जनाएको छ।