धनगढी : धनगढीको सारथी अस्पतालले शिवरात्रीको अवशरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिवरात्रीमा लागेको मेलालाई मध्यनजर गर्दै अस्पतालले स्वास्थ्य शिबिर लगाएको हो ।
अस्पतालले स्वास्थ्य शिविरमा मधुमेह, रक्तचाप परीक्षण, अक्सिजन लेवल परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य परीक्षण गराएका व्यक्तिलाई अस्पतालमा आजसम्म ओपिडी सेवा निःशुल्क हुने अस्पतालका सञ्चालक बेद प्रकाश जोशीले बताए ।
स्वास्थ्यको पहुँचमा नपुगेका नागरिकहरु रोग लुकाएरै बस्न बाध्य भएकाले मेलाको अवशर पारी शिवपुरीधाममा निशुल्क स्वास्थ्य शिविर चलाएको जोशीले बताए । बुढापाखा पैँसा नभएकै कारण स्वास्थ्य जाँच समेत गर्न नपाइरहेका बेला यो स्वास्थ्य शिविरले केही नागरिकको चेकजाँच तथा परामर्श दिन भ्याएको उनले बताए ।
अस्पतालले महायज्ञको अवशरमा एक साता यसअघीपनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । सो बेला २ हजार ६ सयले स्वास्थ्य जाँच गरेका थिए । तिमध्ये ३ सय ५० सुगर र ३ सय प्रेसरका बिरामी भेटिएका थिए । धनगढी पार्कमोड प्रदेशसभा छेउमा रहेको सारथी अस्पतालले बिगत बर्षहरुबाट बिभिन्न बिषेशज्ञ सेवा दिइरहेको छ ।