नेपाली काग्रेस कैलालीको नेतृत्वका लागी भएको निर्वाचनमा सभापति पदका उम्मेद्वारमध्ये कसैलेपनि ५१ प्रतिशत मत ल्याउन नसकेपनि दोश्रो चरणको निर्वाचन हुने भएको छ ।
पहिलो चरणको मतगणनाअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका छन् । उनले ११६९ मत पाएका छन् । सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले १०७२ र रामबहादुर कलेलले १९७ मत पाएका छन् । अब पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुने छ ।
काग्रेंस सभापति तथा प्रधानमन्त्री शेर बहादूर देउवाका आधिकारिक उम्मेदवार भने नारायण भट्ट थिए । भट्टलाई कैलाली जिल्लाका ६ जना केन्द्रिय सदस्यहरुको समर्थन थियो । केन्द्रिय सदस्यहरु रण बहादूर रावल, नृप बहादूर वड, शुसिला मिश्र भट्ट, जिवन राना, ईश्वरी न्यौपाने र रामजनम चौधरीले खुलेरै भट्टको समर्थन गरेका थिए । भट्टलाई संस्थापन पक्षको आधिकारिक उम्मेद्वारका रुपमा उभ्याएपछि समर्थनमा केन्द्रिय सदस्य तथा संस्थापन पक्षका अधिकाशं नेताहरुको देखियो । र अब पहिलो चरणमै भट्ट जित्ने आकंलन गरिएको थियो ।
तर मतपरिणामले फरक नतिजा दिएको छ । कुनै उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोश्रो चरणमा चुनाव हुने त भयो तर चर्चा भने हुन थालिसकेको छ अब बमनै सभापति बन्छन भनेर । काग्रेंसको केन्द्रिय नेतृत्व देखी जिल्लाका सबै केन्द्रिय सदस्यको समर्थन रहेका भट्टले बम भन्दा ९७ मत कम लएका छन् । बमलाई पहिलो चरणमै जित्नका लागी ४८ मत कम परे ।
बमलाई नेता कार्यक्रताको समर्थन निकै कम देखिएकाले चुनाव हार्ने निश्चित गरिसकेका कार्यक्रता आजको मत परिणाम हेर्दा झसंग छन् । भट्टलाइनै समर्थन गरेका एक नेताले भने “संस्थापनको ह्वूप लागेपछि टिमको उम्मेदवार पक्कै जित्नुहुन्छ भन्ने सोचेका थियौँ तर नतिजा सोचे अनुसार आएन अब हेरौँ दोश्रो चरणमा भट्टनै जित्छन भन्ने छ ।”
काग्रेंस सभापति देउवा सहित ६ केन्द्रिय सदस्यको समर्थन पाएका भट्ट पछि परे तर निबर्तमान कैलाली सभापति तथा प्रदेश महामन्त्री नरनारायण शाह मनु एक्लैको समर्थन रहेका प्रकाश बम अगाडी देखिए । बमकै टिममा चुनाव लडेका एक नेताले अब दोश्रो चरणको चुनावमा प्रकाश बम चुनाव जित्ने दावी गरे । हामी संस्थापन पक्षकै टिम हौँ तर नेतृत्वले कुनै एक ब्यक्तीलाई बोकेर हिन्दा गलत परिणम आयो उनले भने “नेतृत्वले हामीलाई नपत्याएपनि हामीलाई कार्यक्रताको राम्रो साथ देखियो उनले भने “दोश्रो चरणमा थप साथ पाउने छौँ र पुरै टिम निर्वाचित हुने छ ।”