धनगढी : नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी नेपालका अध्यक्ष माधव कुमार नेपालले सरकारबाट बाहिरिनुपर्ने अवस्था आउनसक्ने बताएका छन् । कैलाली कञ्चनपुरका बिभिन्न कार्यक्रममा सहभागी हुन नेपाल धनगढी पुगेका हुन् ।
नेकपा एकिकृत समाजवादी पार्टीको प्रदेश कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ समाजवादीको प्रथम भेलालाई सम्बोधन गर्दै नेपालले एम सी सी पास गर्ने गरी सत्तामा बस्न नसकिने संकेत गरेका हुन् ।
अध्यक्ष नेपालले एम सी सी का कारण गठबन्धनमा समस्या उत्पन्न भएको र यो गठबन्धन नरहन सक्ने बताएका छन् । एम सी सी नेपालको हितमा नभएकाले आफ्नो पार्टी केही बुँदा सच्याउनुपर्ने पक्षमा रहेको नेपालले बताए । तरपनि कुनै बुँदा नसच्याएरै संसदमा टेवल भएपछि एम सी सीको बिपक्षमा आफ्नो पार्टी रहेको उनले बताए । नेपाल कुनै बिदेशी हस्तक्षेप सहन नसक्ने दावी गर्दै नेपालले एम सी सीको बिपक्षमै रहेको बताए ।
नेपालले एमाले अध्यक्ष केपी ओलीलेनै बिभिन्न स्वार्थका लागी एम सी सी संसदमा पेष गरेको आरोप लगाए । एम सी सीलाई सम्झौता र संसदमा लैजाने काम केपी ओली नेतृत्वको सरकारलेनै गरेका कारण उनिहरुलेनै देशलाई संकटमा लैजाने काम गरेको नेपालको भनाई छ । देशभक्तीका नारा लाउँदै केपी ओलीनै राष्टघाती काममा सहभागी भएको र अहिलेपनि ओलीनै एम सी सी पास गराउनमा अघी बढ्ने संका पैदा भएको नेपालले बताए ।