कञ्चनपुर। कञ्चनपुरको दोधारा-चाँदनी अन्तर्गत नेपाल भारत सीमा क्षेत्रमा सयुक्त गस्ती सुरु गरेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ७ कञ्चनभोजको नेपाल–भारत सिमा स्तम्भ नं.१४ देखि १५ सम्म नेपाल–भारतका सुरक्षाकर्मीहरुले सयुक्त गस्ती सुरु गरेका हुन्।
दोधारा-चाँदनी नगरपालिका अन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीहरुले संचालन गरेको संयुक्त सीमा गस्ती प्रभावकारी बन्दै गएको त्यहाँका स्थानीयले बताएका छन्।
सीमा क्षेत्रमा चोरी डकैती र अपराधिक क्रियाकलापले प्रसय पाएपछि नेपाल-भारत सीमा क्षेत्रका सुरक्षाकर्मीबीच केही महिना अघि बसेको बैठकलेसंयुक्त सीमा गस्ती गर्ने निर्णय गरेको थियो। गस्तीले सीमा क्षेत्रमा हुने लुटपाट तथा अपराधिक कृयाकलापमा कमी आएको स्थानीय अमरबहादुर थापा बताउँछन्। पटक–पटक सीमावर्ती क्षेत्रका नेपाली माथी गरिने दुव्र्यवहार, सीमा अतिक्रमण विवाद र चोरी तस्करी घटनामा कमी आएको दुबै देशका सुरक्षा अधिकारीहरुको दावी छ।
भारतीय सिमा सुरक्षा बल (एसएसबी) कम्पनी हेडक्वाटर नारायण नगरका ईस्पेक्टर आनन्द भण्डारी, झनकैया ९भारत०, कोतवालीका ईन्चार्ज प्रताप सिंह महर, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा-चाँदनी (देबिस्थान) का सशस्त्र प्रहरी नायब निरीक्षक नबराज खड्का लगायतको संयुक्त गस्तीमा उपस्थिती रहेको प्रहरी चौकी बाबाथानका ईन्चार्ज कृष्ण राज भट्टले बताए।
इन्चार्ज भट्टले दुबै देशको सुरक्षाकर्मीको सीमा क्षेत्रको गस्तीले अपराध र विवादका घटनामा कमी हुनुको साथै सिमा क्षेत्रमा शान्तीको अनुभुती भएको बताए। नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागी दुबै देशका सुरक्षाकर्मीहरुले सञ्चालन गर्दै आएको गस्तीलाई फेरी निरन्तरता दिएको छ।प्रत्येक महिना सयुक्त गस्ती संचालन गर्दै आएका दुबै देशका सुरक्षाकर्मीहरुले सहमतीमा आवश्यक परेको बेला जुनसुकै बेला पनि सयुक्त गस्ती संचालन गर्ने गरेको सुरक्षा अधिकारीको भनाई छ।
नगर क्षेत्रको कुतियाकवर, अठार नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, बडुवाल टोल लगाएतका क्षेत्र बढी संबेदनशिल रहेको हुदा उक्त क्षेत्रमा भारतिय सिमा सुरक्षा बल एसएसबी, भारतिय प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समय समयमा सयुक्तरुपमा बिशेष गस्ती समेत संचालन गर्दै आएका छन्। सीमा अतिक्रमण, लागू औषध ओसार पसार, अवैध हातहतियार, आतंकवादी गतिविधि, तस्करी, सामान्य विवाद लगाएत अपराध नियन्त्रणमा सयुक्त सीमा गस्ती प्रभावकारी हुने बताईएको छ।