बैतडी। बैतडीमा एक महिलालाई बन्धक बनाएर बलात्कार भएको घटना सार्वजनिक भएको छ। बैतडीको मेलौली नगरपालिकाकी ३० बर्षीया एक महिलामाथि मुख थुनेर रातभर बलात्कार भएको घटना सार्वजनिक भएको हो ।
मेलौली–१ का २६ बर्षिय करनसिंह नेगीले गत माघ २४ गते बलात्कार गरेको खुलेको छ । अपांगता भएकी चार बर्षीया छोरीको बाल पोषण भत्ता लिएर एनसिसी बैंकबाट घर फर्किने क्रममा बाँझो गोठमा रातभर बलात्कार गरिएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
उनको छाती, गाला र शरिरका विभिन्न भागमा स–साना घाउ भएका छन्। रातभरी बलात्कार गरेर बिहान ३ बजे छोडेर गएको र त्यसपछि मात्र आफूले लुगा लगाउन पाएको उनले बताइन्। प्रहरीका अनुसार घटना घटेको झण्डै दुई साता भइसकेको छ । तर बलात्कारपछि महिलालाई ज्यान मार्ने धम्की पनि दिइएकाले ढिलो गरी घटना सार्वजनिक भएको हो ।