धनगढी : नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसीएल ईन्चार्ज रामप्रसाद सापकोटा दीपसीखाले माओवादी केन्द्र कुनै राष्ट्रघाती काममा सहभागी नहुने बताएका छन् । पार्टी संगठन निर्माणका क्रममा धनगढी पुगेका सापकोटाले पत्रकारहरुसंग कुरा गर्दै एम सि सि देशको हितमा नभएका कारण माओवादी त्यसको बिपक्षमा उभिएको बताएका हुन् ।
एम सी सी चाहिदैन माओवादीले भनेको थिएन उनले भने “नेपालका कानुन लागु हुने, नेपाल सरकारको निगरानी अनुगमन रहनेगरी पास हुन लागेको भए माओवादीले बिरोध गर्ने थिएन तर अहिले नेपालको कानुनभन्दा माथी हुने गरी जसरी संसदबाट पास गराउने खेल भइरहेको छ माओवादी यसको बिरोधमा हो ।”
एमाले र काग्रेंसले बिगतमापनि बिभिन्न राष्ट्रघाती काम गरिसकेको बताउँदै सापकोटाले फेरी एम सी सी संसदबाट पारित गराएर यी पार्टीले राष्ट्रघाती कदम चाल्न लागेको बताए । हाम्रो पार्टी सदन र सडकबाट एम सी सी को बिरोधमा छ उनले भने “सकेसम्म यो एम सी सी लाई टेबलनै हुन नदिने गरी हाम्रो पार्टी संघर्षमा छ ।”
आफै संसदबाट पास गराउने गरी प्रस्ताव ल्याउने एमालेले अहिले मौन बसेको जस्तो नाटक देखाएर नेपाली जनतालाई दोहोरो चरित्र देखाएर ढाँट्न खोजेको सापकोटाले आरोप लगाए । उनले भने “पहिला संसदबाट पारित गर्नुपर्ने कुरा थिएन मन्त्रीपरिषदले पारित गरेका योजना नेपाल सरकारकै कानुन अनुसार रहन्थे तर एमालेले सदनबाटै पास गर्ने किसिमले बनाएको प्रस्तावका कारणनै यसमा अमेरिकाको कानुन लाग्ने छ ।”
सदनबाट पास गराउने गरी एमाले सरकारलेनै प्रस्ताव ल्याएको र त्यसलाई रोक्न खोज्दा तत्कालिन सभामुख कृष्ण बहादूर महरालाई हटाएको समेत उनले आरोप लगाए । माओवादी जस्तोुकै हालतमापनि एम सी सी लाई सदनमै जानबाट रोक्ने छ उनले भने “सकेनौँ भने जनतामा जान्छौँ जनताले चुनावमा को राष्टबादी को राष्टघाती भनेर देखाउनुहुने छ ।”