धनगढी। बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीमा ७ महिना देखी कार्यालय प्रमुख बिहीन बनेको छ । कार्यालय प्रमुखको कार्यकाल सकिएर गएपछि बिगत ७ महिना देखी नयाँ प्रमुख नआउँदा बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी कार्यालय प्रमुख बिहीन बनेको हो।
कार्यालय प्रमुख बिहीन बन्दा बजार अनुगमन लगयात कार्यालयको अन्य कामकाजमा पनी समस्या भएको छ। निमीत्त कार्यालय प्रमुख कमल बहादुर पुनमगरको ७ महिना अघि नै कार्यकाल सकिएर गएपछि नयाँ प्रमुख अझै आएका छैनन्। बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीमा उपसचिबको दरबन्दी हुनुपर्ने हो तर अहिलेसम्म त्यसको परिपुर्ती हुन नसकेको बाणिज्य कार्यालय धनगढीमा हाल निमीत्त कार्यालय प्रमुख समाल्दै आएका ललित प्रसाद पन्तले भने। उनले ७ महिना देखी कार्यालय प्रमुख नहुँदा बजार अनुगमनमा समस्या भएको बताए।
कार्यालय प्रमुख नहुँदा बजार अनुगमनमा केवल खाद्यबस्तुको अनुगमन तथा निरीक्षण मात्रै भैरहेको छ। तर अनुगमनका क्रममा अखाद्य बस्तु फेला परेमा वा अनुचित ब्यापारीक कृयाकलाप गर्ने ब्यवसायीमाथि निर्देशन दिन, कार्वाही तथा जरीवाना गर्न समस्या भैरहेको छ उनले भने। सामान्य रुपमा मात्रै बजार अनुगमन भएको निमीत्त कार्यालय प्रमुख ललित प्रसाद पन्तले भने।अनुगमनमा पनी केवल अखाद्य बस्तुको मात्रै अनुगमन भैरहेको छ । तर आवश्यक निर्देशन दिन र कार्बाही तथा दण्ड जरीवाना जारी गर्न समस्या भैरहेको बताए । साखा अधिकृत स्तरको रुपमा कैलालीको जोशीपुर गाउँपालीकाका प्रमुख प्रसाशकिय अघिकृत कमल राज उपाध्याय पदस्थापन भैसकेको तर हाजिर नभएको उनले बताए। उनले अब एक दुई दिनभित्रै साखा अधिकृत स्तरको कार्यालय प्रमुख आउँछन् होला उनले भने।
तै पनी चालु आर्थिक बर्षको पौष महिनासम्म २ सय ३४ कस्मेटिक, माछा मासुपसल, किराना तथा खाद्य फर्महरुको अनुगमन गरिएको बताए। जसमध्ये ८४ फर्म सामान्य अवस्थामा पाइएकोमा १५० फर्मलाई सामान्य निर्देशन दिइएको जनाए। भने कस्मेटिक, अबैध सुर्तीजन्य पदार्थ, खाद्यान्न तथा पेन्ट लगायतका अखाद्य बस्तु जफत गरी ४ लाख ४४ हजार ४ सय ५६ मुल्यका सामान नष्ट गरिएको जनाइएको छ । यस्तै माघ मसान्तसम्ममा १९ वटा औषधी पसल, १४ वटा किराना कस्मेटिक पसलमा, हार्डवयर तथा ३ वटा दाना उद्योगमा अनुगमन गरिएको निमीत्त कार्यालय प्रमुख पन्तले बताएका छन् । उनले सो अवधीमा १५ हजार ९ सय ७० मुल्यको सामान जफत गरी नष्ट गरिएको जानकारी दिएका छन्।