बाजुरा। बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको कार्यालयमा स्थानीयले ताला लगाएका छन् । लामो समय सम्म नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत विहिन हुदाँ सेवा सुविधामा समस्या भएपछि स्थानीयले सोमबार नगरपालिकाको कार्यलयमा ताला लगाएको स्थानीले बताएका छन्।
प्रमु्ख प्रशासकिय अधिकृत प्रेम काजी महर्जनेको गत मंसिर १७ गते सरुवा भएपछि नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन भएको नगरपालिकाका सूचना अधिकारी खडक बमले बताए । प्रमुख प्रशासकिय नहुदाँ दैनिक रुपमा गरिने कामकाज ठप्प भएकोे छ।
योजना सम्झौता भएर उपभोक्ताले गरेको नगरपालिकामा कागजात बुझाएको २ महिना विति सक्दा पनि कार्यकारी नभएको हुदाँ रकम भुक्तानी हुन नसकेको थापाले बताए। शिक्षकहरुले पनि ४ महिनाको तलव खान बाकि रहेको उनले बताए । प्रमुख प्रशासकिय अधिकृत नहुदाँ सामाजिक सुरक्षा भत्ता पोषण भत्ता लगाएत नगरपालिकाको सम्पुर्ण कामहरु लथालिङ्ग भएको स्वास्थ्य शाखा प्रमुख दिपक शाहले बताए ।