धनगढी। निसर्ग हस्पिटल धनगढीमा कलेजो र बालरोग विशेषज्ञ सेवा सुरु भएको छ ।
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि धनगढीमा कलेजोसम्बन्धी र सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ । अस्पतालले कलेजो सम्बन्धि डीएम गरेका डा. अर्बिन्द पोखरेल र बालरोग विधामा डीएम विशेषज्ञ डा. पुष्पराज अवस्थीलाई नियुक्त गरेपछि सो सेवा सुचारु भएको हो ।
कलेजो सम्बन्धी नेपालमै डीएम गरेका चार डाक्टरमध्येका डा. पोखरेल एक हुन्। त्यस्तै सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ डा.अवस्थी सुदूरपश्चिमकै पहिलो डाक्टर र नेपालकै दुईजना डाक्टर मध्येका एक भएको अस्पतालले जनाएको छ। डाक्टर पोखरेल र अवस्थीले धनगढीको निसर्ग हस्पिलमार्फत यी विशेषज्ञ सेवा दिन लागेको हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिएका छन। हेपाटोलोजी र सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ सेवा सञ्चालनमा आएसँगै अब यस क्षेत्रका सेवाग्राहीले प्रत्यक्ष लाभ पाउने अस्पतालले जनाएको छ।
कलेजोको समस्याबाट पीडित बिरामीले हाल काठमाडौं लगाएत भारत धाउनुपर्ने बाध्यता छ । अब सो समस्या अन्त्य हुने अस्पतालको विश्वास छ । सिकिस्त बालरोग विधामा डीएम विशेषज्ञ सेवा प्रारम्भ भएपछि यस प्रदेशमा सिकिस्त हुने बालबालिकामध्ये धेरैको ज्यान जोगिने डाक्टर अवस्थी बताउँछन्। विशेष गरी लिभर फेल भएका बिरामीहरु, लिभर ट्रान्सपलान्ट गर्नुपर्ने बिरामी, हेपाटाइटिस संक्रमण भएर सामाजिक रुपमा पनि पीडित बिरामी र रक्सीले कलेजोमा असर गरेका बिरामी तथा जन्डिसबाट पीडित बिरामीका लागि यो सेवा धनगढीमै पाउनु उपलब्धिमुलक भएको हस्पितलका अध्यक्ष पन्तले जानकारी दिए। हस्पिटलका मेडिकल डाईरेक्टर डा. मेराज आलम अन्सारीले नेपालकै उत्कृष्ट डाक्टर पाउनु यस क्षेत्रका लागि खुसिको कुरा भएको बताए । ‘उहाँहरुजस्तो विशेषज्ञता हासिल गरेका व्यक्ति यस क्षेत्रले पाउनु भनेको निकै खुसीको कुरा भएको उनको भनाई छ ।थप समाचार
‘सिकिस्त बाल रोग विधामा बिशेषज्ञता हासिल गर्ने डा.नेपालमा २ जना मात्रै, १ जनालाई सुदूरपश्चि प्रदेशमा- सुदूरपश्चिम प्रदेशले पहिलो पटक सिकिस्त बाल रोग बिशेषज्ञ डाक्टर पाएको छ। उक्त बिशेषज्ञता हासिल गर्ने नेपालमै २ जना मात्र डाक्टर रहेका छन् । २ जना मध्येका एक बरिष्ठ बाल रोग बिशेषज्ञ डा. पुष्पराज अवस्थीलाई सुदूरपश्चिमले पाएको हो । डा. अवस्थीलाई यस प्रदेशमा स्वागत गर्न पाउनु सुदूरपश्चिमबासीलाई खुशीको कुरा भएको निसर्ग अस्पतालका अर्थोपेडिक सर्जन डाक्टर ओमकार बिष्टले बताए ।
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सिकिस्त बाल रोग बिशेषज्ञ डाक्टर
वरिष्ठ बालरोग विशेषज्ञ डा. पुष्पराज अवस्थी (DM, Pediatric Critical Care) विधामा बिशेषज्ञता हासिल गर्ने सुदूरपश्चिमकै पहिलो डाक्टर हुन भने नेपालकै दुइजना डाक्टर मध्येका एक हुन् । उहाँको जस्तो बिशेषज्ञता हासिल गरेका व्यक्ति नेपाल भरिमै दुई जनामात्र हुनुहुन्छ डा ओमकार बिष्टले भने यो बिषय साढे ५ बर्षको एमबिबिएस पछि ३ बर्ष बालरोग बिधामा एमडी बिषेशज्ञता हासिल गरिसकेपछि अझै ३ बर्ष सिकिस्त बिरामी बच्चाहरूको बिषयमा थप ३ बर्षको बिशेषज्ञता हो। डा. अवस्थीको बिशेषज्ञताले सम्पूर्ण सुदूरपश्चिम बासीलाई फाइदा पुग्ने डा बिष्टको बिश्वास छ । यस प्रदेशका धेरै सिकिस्त बच्चाहरूको ज्यान जोगिने उनले बताए । सुदूरपश्चिम बाट काठमाण्डौँ तथा बिदेश पुगेर उपचार गराउनु पर्ने बाध्यताको अन्त्य संगै आर्थिक तथा अन्य कुरामा सास्ती भोग्नु पर्ने अवस्थाको पनि अन्त्य हुने सर्जन बिष्टको भनाई छ ।