बैतडी। बैतडीको सुर्नया गाउँपालिका-६ का ३० वर्षीय डम्मर अवस्थीको हत्या प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन ।
डम्मर अवस्थी हत्या प्रकरणमा केही दिन अगाडि परिवारको जाहेरीका आधारमा थप पक्राउ परेका गाउँका शिक्षक समेत रहेका रमाकान्त अवस्थी र गोपाल अवस्थी जनही ५० हजार धरौटी तिरेर रिहा गरिएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एबम प्रहरी निरिक्षक दर्शन खडकाले उक्त घटनामा हत्या स्विकारेका नवराज अवस्थी र हरिष अवस्थीलाई भने पुर्पक्षका लागि थुनामा राखिएको बताए । गत मंसिर १४ गते घरबाट हराएका डम्मर अवस्थीको शव ४५ दिनपछि घर नजिकैको धुरा जंगलको गुफामा गाडेको अवस्थामा भेटिएको थियो ।