धनगढी । नेकपा एमालेका डोटी जिल्ला कमिटी पूर्व अध्यक्ष नारद मलासी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एसको डोटी जिल्ला कमिटी बैठकबाट मलासीले एमाले परित्याग गरेका हुन् ।
उनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भएका थिए । बलायर भौतिक पूर्वाधारमन्त्री भएका बेला २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बलायर प्रेम आलेसँग पराजित भएका थिए । मलासीलाई नेकपा एसका नेता तथा पर्यटनमन्त्री प्रेम आले लगायतका नेताहरुको पहलमा पार्टी प्रवेश गराइएको नेकपा एस डोटीले जनाएको छ ।
मलासीसँगै एमालेका पूर्व जिल्ला कमिटी सदस्य तथा युवा नेता धनबहादुर नेपाली पनि नेकपा एसमा प्रवेश गरेका छन् । आलेको गृहजिल्ला डोटीमा एमालेबाट नेकपा एसमा प्रवेश गराउने क्रम बढेको छ ।
मन्त्रीका रुपमा लोकप्रिय काम गरेका कारण आलेको गृह जिल्लामा नेकपा एस प्रवेशको लहर चलेको सो पार्टीले जनाएको जनाएको छ ।
मलासीलाई नेकपा एसका स्थायी कमिटी सदस्य भानुभक्त जोशी,नेता गरिमा शाह लगायतले स्वागत गरेका थिए । उनिसंगै केन्द्रिय सदस्य तथा सुदूरपश्चिम उपाध्यक्ष शेर बहादूर कुँवर, केन्द्रिय सदस्य तथा मन्त्रस् दीर्घ सोडारी, पुर्णा जोशी,डोटी जिल्ला अध्यक्ष दीर्घ बोगटी लगायतलेपनि मलासीलाई स्वागत गरेका थिए ।
सोही बैठकबाट जोरायल गाउँपालिका(६ का वडाध्यक्ष लालबहादुर साउद पनि एमाले छाडेर नेकपा एसमा प्रवेश गरेका छन् ।