धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्री दीर्घ सोडारीले डोटिका आयोजनाको निरिक्षण गरेका छन् । मंगलबार दिपायल सिलगढी नगर पालिका स्थित दिपायल, पिपल्ल्ला, घोल्तडा लिफ्ट खानेपानी, दिपायल बोक्टान सहजपुर लगाएतका सडकको निरीक्षण गरेका हुन ।
मन्त्री सोडारीले पुर्बाधार विकास मन्त्रालय अन्तर्गतका जिल्ला स्थित कार्यलयहरुको समेत अनुगमन गरेका छन् । डोटि जिल्ला स्थित खानेपानी, जलस्रोत तथा सिचाइ कार्यालय, पुर्बाधार बिकास कार्यलय, सहरी बिकास तथा भवन डिभिजन कार्यलय प्रमुख संग आयोजना कार्यन्वयन बारे जानकारी लिएका छन् । अनुगमनको क्रममा आयोजना दुर्त गतिमा कार्यन्वयन गर्न कार्यलय प्रमुख हरु लाई निर्देशन समेत दिएका छन् ।