धनगढी। कैलालीको धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम बनाउने निर्णय गरिएको छ। सोमबार नेपाल सरकारको मन्त्रीपरिषद् बसेको बैठकले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थीत सरकारी जग्गामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम बनाउने निर्णय गरिएको हो।
काग्रेंस नेतृ डा.आरजु राणा देउवाको पहलमा प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी धनगढीमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान सहित खेलग्राम बनाउने निर्णय गरेका हुन ।“फाप्लालाई सुरुमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने मात्रै योजना रहेको थियो । धनगढी क्रिकेटको शहरको रुपमा रहेकोले पनि क्रिकेट मैदान सहितको खेलग्रामको आवश्यकता ठानेर नै त्यसका लागि पहल गरिएको हो ।” काग्रेंस नेतृ डाक्टर देउवाले भनिन्– “प्रदेशकै समृद्धिसग जोडिएकोले पनि मैले व्यक्तीगत रुपमा प्रधानमन्त्री ज्युलाई खेलग्रामको निर्णय गर्न अनुरोध गरेकी थिए ।
सोही अनुसारको निर्णय भएको छ । अब सबै सुदुरपश्चिमवासीहरु मिलेर यसलाई साकार बनाउनुपर्छ । फाप्लालाई मुर्तरुप दिने काममा पनि मेरो पुर्ण साथ र सहयोग रहनेछ ।” फाप्लामा यसअघि पटकपटक मैदान निर्माणका लागि प्रदेश र संघीय सरकारले बजेट विनियोजन गर्दै आएकोमा जग्गा प्राप्तीको प्रक्रिया भने अगाडि बढेको छैन। तर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले मैदान र खेलग्राम निर्माणका लागि नेपाल सरकारको नाममा रहेको ६९ हजार ९१० वर्गकिलोमिटर जग्गा उपलब्ध गराउने पनि निर्णय गरेको हो।यस सम्बन्धि पूर्वाधार विकासलगायतका कार्य अगाडि बढाउन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम विकास समिति गठन गर्ने प्रक्रिया युवा तथा खेलकुद मन्त्रालयले अगाडि बढाउने निर्णयमा उल्लेख छ। मन्त्रिपरिषद्को निर्णयले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको सपना पूरा गर्न बाटो खुलेको ड्रिम फाप्लाका अभियान्ता सुवाश शाहीले बताए। नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले ‘फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम’लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ विघा जग्गा उपलब्ध गराएकोमा अत्यन्त हर्षानुभूति भएको छ । माघ १० गतेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपनि सोमबार पारित भएको शाहीले जानकारी दिए । ‘हामीले ७ वर्षको संघर्षपछि यो जग्गालाई फाप्ला मैदानको बनाउन सक्यौं। सपना पूरा भएको छ। यसलाई निर्माण गर्नुनै मुख्य चुनौती हो ,’ उनले भने,‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेल ग्राम विकास समिति छुट्टै गठन गरेर निर्माणको प्रक्रियामा अघि बढाउने निर्णय भएको छ।’ त्यसैमा उनले थपे, यसको एउटा समिति बन्छ। त्यसपछि काम हुन्छ।
यो राष्ट्रिय प्राथमिकताका साथ योजनामा परेको छ ।शाहीले सबैलाई धन्यवाद दिएका छन् । फाप्ला क्रिकेट मैदानमा तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) २०१९ मा सम्पन्न भएको थियो । ‘हाम्रो सबैभन्दा ठूलो सपना नै यहिँ थियो । डिपिएललाई क्रिकेट प्रतियोगिता मात्र नभएर एउटा अभियानको रुपमा अघि लगेर गएका थियौं , उनले थपे,‘ क्रिकेट मैदान मात्र नभएर अब खेल ग्रामको रुपमा चाहिँ अघि बढ्छ । यो भएपछि डिपिएल भन्दा ठूला प्रतियोगिता भईहाल्छन्।’ सन् २०१५ को फेब्रुअरी घोषित ड्रिम फाप्ला (फाप्ला अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान)अभियानले समृद्ध सुदूरपश्चिमको परिकल्पनासहित ४० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट मैदान धनगढीमा बनाउने उद्देश्यका साथ थालनी भएको थियो ।