धनगढी। धनगढीमा आज पनी पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध विरोध प्रदर्शन भएको छ। युवा संघ नेपाल कैलालीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध धनगढीमा विरोध प्रदर्शन गरेको हो।
मूल्यवृद्धि फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने मागसहित धनगढीको पार्कमोडबाट जिल्ला प्रशासन कार्यालय कैलाली अगाडीसम्म विरोध प्रदर्शन गरिएको हो।कोष सभालाई युवा संघ सुदूरपश्चिम प्रदेशका उपसचिव नवराज आचार्य, कैलालीका इन्चार्ज अरुण कुँवर, केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विनय शाह र कैलालीका अध्यक्ष गणेश महराले सम्बोधन गरेका थिए । उनीहरूले तत्काल मूल्यवृद्धि फिर्ता नगरे कडा आन्दोलन समेत गर्ने चेतावनी दिएका थिए ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र एमसीसीको विरोध प्रदर्शन गर्दै मूल्यवृद्धि फिर्ता गर, एमसीसी सम्झौता खारेज गर, स्थानीय तहको निर्वाचन घोषणा गर, परमादेशी सरकार मुर्दावाद’ जस्ता नारासहित लगाइएको हो । युवाहरूले विरोधमा कारे जुलुस समेत प्रदर्शन गरिएको थियो ।