डोटी। डोटीमा अनेरास्ववियु द्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग सहित राके जुलुस गरिएको छ ।
सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रिय युवा संघ नेपाल दिपायल सिलगढी नगरकमिटीले बुधबार सयुक्त रुपमा मशाल जुलुश प्रदर्शन गरेको हो।
जिल्ला सदरमुकामबाट सिलगढी मा जिल्ला प्रहरी कार्यालय देखि प्रशासन कार्यालय सम्म हात हातमा आगोको सुलुस सहित बिरोध स्वरुप आन्दोलन गरेको अनेरास्ववियु जिल्ला अध्यक्ष बिर बहादुर बिष्टले बताए।
बुधबार साझ ६ बजे तिर को समयमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि नरोकिएमा आन्दोलन गर्ने अनेरास्ववियुले चेतावनी दिएको छ ।पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिका कारण नेपाली जनताको जनजीवन प्रभावित भएको आन्दोलनकारीको ठहर छ ।जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष गाँसिएका वस्तुहरू प्रति सरकार नियन्त्रित निकायको केवल नाफा निकाल्ने कदममा लागेको अनेरास्ववियुको आरोप छ ।