धनगढी : देशकै सबैभन्दा ठुलो धनराशी भएको फुटवल प्रतियोगिता धनगढीमा हुने भएको छ । सुदूरपश्चिम ११ स्पोट्स क्लवको आयोजनामा फागुन १९ गतेदेखी धनगढी रगंशालामा फुटवल प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो ।
सुदूरपश्चिमलाई फुटवलको प्रदेशका रुपमा चिनाउनका लागी शुरुवात गरिएको सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौँ संस्करण फागुनमा हुन लागेको हो । यस प्रतियोगितामा ५ ए डिभिजन क्लव, मोफसलका २, बिदेशी २ र आयोजक गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रत्येक दिन करिब ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान लिएको आयोजकले प्रतियोगिताभर ५० लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान लिएको छ । प्रतियोगिताको बिजेताले रु २१ लाख, उप बिजेताले १० लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने सुदूरपश्चिम ११ स्पोट्स क्लवका महासचिव प्रकाश शाहीले बताए ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइगर, मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी र कोचलाई रु २० हजारका दरले पुरस्कार उपलब्ध गराइने आयोजक सुदूरपश्चिम ११ स्पोट्स क्लवले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई १० हजार नगद दिइने छ ।
करिब १ करोड ५० लाख अनुमानित लागत रहेको प्रतियोगितालाई सुदूरपश्चिम सरकारले सहयोग गरेको छ । प्रतियोगितालाई सुदूरपश्चिम सरकारलेनै प्रायोजन गर्ने भएपछि यस बर्ष मुख्यमन्त्री अन्तराष्ट्रिय पाँचौ सुदूरपश्चिम गोल्डकप नामाकरण गरिएको छ । सुदूरपश्चिमलाई फुटवलका माध्यमबाट देश बिदेशमा चिनाउने भएकाले प्रदेश सरकारले सहयोग गरेको सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दीपक बहादूर सिहंले बताए ।
सुदूरपश्चिमको खेल क्षेत्रलाई अगाडी बढाउन हामीहरु सधैँ लागिरहेका छौँ सिहंले भने ‘बिगतमा जिल्ला खेलकुद बिकास समितिमा आफु रहँदापनि यस गोल्ड कपका लागी सहयोग गरेकै थिए अहिले प्रदेशको सदस्य सचिवमा रहँदापनि यस गोल्डकपलाई सहयोग गरेको छु ।’
कोरोना भाइरशका कारण रोकिएको फुटवल प्रतियोगिता १ बर्षपछिद सारेर आयोजना हुन लागेको हो । कोभिड १९ बाट बच्नका लागी सम्पुर्ण शुरक्षा उपाय अपनाएर सञ्चालन गरिने आयोजकले बताएको छ ।
सूदुरपश्चिम प्रदेशलाई फुटबलको प्रदेश भनेर परिचित गराउन र यस क्षेत्रका युवाहरुलाई फुटबलप्रति आकर्षित गराउका लागि सुदूरपश्चिम गोल्डकपले भूमिका खेल्दै आएको अध्यक्ष हमालले दाबी गरे । ‘प्रतियोगिताको माध्यमबाट सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्य पनि राखिएको छ,’ उनले भने, ‘यसले राष्ट्रिय र अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादनमा पनि भूमिका खेलेको छ।’ सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशमा हुने एकमात्रै गोल्डकप हो ।