धनगढी। धनगढीमा एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। कोरोना संक्रमणले भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने एक ७५ बर्षीय बृद्धको मृत्यु भएको हो । पुस २७ गते मोटरसाइकलबाट लडेर घाइते भएका ती बृद्धको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको थियो ।
गत ७ गते पीसीआर परीक्षण गर्दा उनको कोरोना रिर्पोट पोजेटिभ आएपछि अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उपचारकै क्रममा अस्थायी कोरोना अस्पतालमा शुक्रवार बिहान करिब ९ बजेको समयमा बृद्धको मृत्यु भएको हो । यस अघि बिहीबार कैलालीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको बर्दगोरीया गाउँपालिकाका ७५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।