धनगढी। कैलालीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको बर्दगोरीया गाउँपालिकाका ७५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
क्षयराेग सम्बन्धि विरामी भई उपचारकोलागि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थिए। यही माघ ७ गते उनको PCR चेक गर्दा कोरोना रिपोट पोजेटिभ आएको थियो। आइसियुमा राखि उपचार भईरहेकोमा आज साँझ ४ः४० बजे उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।