धनगढी। मंगलबार सुदूरपश्चिममा एकै दिन थपिए ६५२ जना कोरोना संक्रमित भएका छन्। प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा एक हजार ९७३ नमुना परीक्षण गर्दा थप ६५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार पाँच सय नमुना पिसिआर गर्दा ३२६ जना र एक हजार ४७३ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२६ जनामा संक्रमण देखिएको हो। यस्तै २४ घण्टामा १३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका ११६ जनामा संक्रमण पुष्टि भएको छ। निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा ५४ जना, गड्डाचौकी नाकामा ५७ जना, झुलाघाट नाकामा तीनजना र पुलघाट नाका र जोलजिमी नाका दार्चुलामा एक एक जना गरी ११६ जनामा संक्रमण देखिएको हो ।