डोटी। डोटीमा १८ वर्षभन्दा माथिका ५१ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप पाएका छन्। जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार पहिलो डोज लगाउनेको संख्या ९३ हजार ८९ छ ।
७२ हजार २५० जनाले दुवै डोज खोप लगाएका छन् । ४६ हजार ७५९ जनाले भेरोसेल र १५ हजार २२४ जनाले कोभिसिल्ड खोपको दुवै डोज लगाएका छन् । यस्तै १० हजार २६७ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका स्वास्थ्य कार्यालय डोटीका तथ्याङ्कअधिकृत महेशप्रसाद बोहराले जानकारी दिए। तथ्याङ्क अधिकृत बोहराका अनुसार लक्षित जनसंख्याको ६६ प्रतिशतले पहिलो डोज लगाएका छन्।
भेरोसेल एउटा डोज लगाउनेको संख्या ६४ हजार ३५० रहेको छ भने कोभिसिल्ड एउटा मात्रै डोज लगाउनेको संख्या १८ हजार ४७२ रहेको छ । जिल्लामा १८ वर्षभन्दा माथिको जनसंख्या एक लाख ४० हजार ८२८ लक्षित गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । लक्षित जनसंख्याको करिब ६६ प्रतिशतले खोपको पहिलो डोज लगाएको स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ। कोरोनाविरुद्धको खोपको दुवै डोज लगाउनेमा दिपायल सिलगढी नगरपालिकाभित्र सबैभन्दा बढी छन्।
यस नगरपालिकामा १५ हजार ६४७ जना अर्थात् लक्षित जनसंख्याको ६३ प्रतिशतले दुवै डोज लगाएका छन् । यस नगरपालिकामा २० हजार ८५२ जनाले पहिलो डोज लगाएका थिए। यस्तै शिखर नगरपालिकामा १२ हजार ४६४ जनाले कोरोनाविरुद्धको दुवै डोज लाएका छन् । यो संख्या नगरपालिकामा लक्षित गरिएको जनसंख्याको ५८ प्रतिशत हो । यस नगरपालिकामा १४ हजार ६७१ ले पहिलो डोज लगाएका थिए। पूर्वीचौकी गाउँपालिकामा लक्षित जनसंख्याको करिब ३६ प्रतिशतले मात्र खोपको दोस्रो डोज लाएका छन्। यस गाउँपालिकामा पहिलो डोज नौ हजार ७०५ जनाले लाएका छन् भने दोस्रो डोज पाँच हजार ३४२ ले लगाएका छन्।
सायल गाउँपालिकामा दोस्रो डोज लगाउनेको संख्या चार हजार ३७३ रहेको छ । यो संख्यागाउँपालिकाको लक्षित जनसंख्याको ३४ प्रतिशत हो । यस गाउँपालिकामा सातहजार २९८ जनाले पहिलो डोज लगाए । आदर्श गाउँपालिकामा लक्षित जनसंख्याको ३८।५७ ले कोरोना बिरुद्धको दोस्रोडोज लगाएका छन् । यस गाउँपालिकामापहिलो डोजलगाउनेको संख्या १० हजार तीन सय ४८ रहेकोमा ६ हजार एक सय ५८ ले दोस्रोडोजको खोप लगाएका छन् । पूर्वीचौकी, आदर्श र सायलगाउँपालिकामाखोपको दोस्रोडोज लगाउने दोस्रोअभियान सञ्चालनगर्न बाँकी रहेको स्वास्थ्यकार्यालय डोटीको तथ्याङ्कअधिकृत बोहरा वताउँछन् ।
केआई सिंह गाउँपालिकामा आठ हजार ३९४ जनाले पहिलो डोज लगाएका छन् । दोस्रो डोज भने सातहजार ३५५ ले मात्रै लगाएका छन्। बोगटान फुड्सिल गाउँपालिकामा पूर्णखोप लाउनेको संख्या पाँच हजार ६१२ छ भने पाँच हजार ६१२ जनाले पहिलो डोजमात्र लगाएका छन् । बडीकेदार गाउँपालिकामा लक्षित जनसंख्याको ५४ प्रतिशतले खोपको दोस्रो डोज लगाएका छन्। जोरायल गाउँपालिकामा पहिलो डोजभन्दा दोस्रो डोज लगाउनेको संख्या बढी देखिएको छ । यस गाउँपालिकामा आठ हजार १९ ले पहिलो डोज लगाउँदा नौ हजार ३५१ ले दुवै डोज खोप लगाएका छन्। यस्तै जिल्लामा १२ वर्षदेखि १७ उमेर समूहका २७ हजार ४६३ बालबालिकाहरूलाई मोडर्ना खोपको पहिलो डोज लगाइएको छ ।