बैतडी। बैतडीमा जंगली बँदेलको आक्रमणमा परेर चार जना घाइते भएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिकामा सोमबार साँझ ६ बजेजंगली बँदेल गाउँमै पसेर स्थानीयलाई आक्रमण गरी चार जनालाई घाइते भएका हुन् ।
स्थानीयहरुले जानकारी दिएको जानकारी अनुसार दोगडाकेदार गाउँपालिका वडा नं १ घोरडी टोलका ४५ बर्षीय बलबहादुर कार्की,६५ बर्षीय मन्नाम जोशी,५५ बर्षीय हरिदत्त जोशी र ४५ बर्षीय बीरभान सार्की घाइते भएका हुन् ।
जंगली बँदेल गाउँमै पसेर स्थानीयहरुलाई घाइते बनाएको स्थानियले जानकारी दिएका छन् । गम्भीर घाइते भएका बलबहादुर कार्की र मन्नाम जोशीलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको जनाइएको छ। हरिदत्त जोशी र बीरभान सार्कीको अवस्था भने समान्य रहेको छ। उनीहरुको गाउँकै स्वास्थ्यचौकीमा उपचार गरिएको छ ।