बैतडी। बैतडीको सुर्नया नदी किनारमा एक जना युवकको बेवारिसे अवस्थामा शव फेला परेको छ। सुर्नया नदी किनारमा अन्दाजी २५-२६ बर्षीय युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक नरेन्द्र धामीले जानकारी दिएका छन्।
पाटन नगरपालिका वडा नं ३ र ६ को सीमाना सैन्देउ नजिकै नदी किनारमा शव फेला परेको उनले जानकारी दिए। आज बिहान १० बजे फेला परेको शव अहिले सम्म कसको हो भन्ने पहिचान भईसकेको छैन्। अहिलेसम्म कोही पनि सम्पर्कमा नआएकाले शव पहिचानमा सहयोग गरिदिन प्रहरीले आग्रह समेत गरेको छ।
कोही सम्पर्कमा नआए वेवारिसे मुचुल्का बनाएर शवलाई पोष्टमार्टमकालागि ल्याइने बताइएको छ । स्थानीयहरुले आज बिहान नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।अहिले शव घटनास्थलमै रहेको छ ।