बाजुरा। बाजुरामा भालुको आक्रमणबाट एक महिला घाईते भएकी छन । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको वडा न ४ स्थित खडलवाडाकी ४८ बर्षिया नन्दा रावत आज विहान जङ्गली भालुको आक्रमणमा परि घाईते भएकी हुन।
बिहानको समयमा घर नजिकै भालुले आक्रमण गरेको उनका छोरा राजेन्द्र रावतले जानकारी दिएका छन । भालुको आक्रमणबाट उनलाई टाउको, तिघ्रा लगायत शरिरका बिभिन्न ठाउँमा गहिरो चोट लागेको रावतले बताएका छन ।उनको अबस्था गम्भिर रहेको जनाइएको छ। उनलाई थप प्राथमिक उपचारका लागी टाटेँ स्वास्थ्य चौकी बाजुरामा लगिएको पारीवारीक श्रोतले जनाएको छ ।