धनगढी। धनगढीमा मोबाइल ग्यालरीबाटै मोबाइल चोरी गरेका दुई जना प्रहरीमाथि छानबिन सुरु गरिएको छ। धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा मोबाइल चोरी गरेका प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाललाई हिरातसतमा राखेर छानबिन थालिएको हो।
मोबाइल ग्यालरीमा प्रहरीले मोबाइल चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको थियो। ग्यालरीमा चोरी गरेको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई हिरातसमा राखिएको हो।’जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत उनीहरुलाई हिरातसतमा राखेर अनुसन्धान थालिएको कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।,‘लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा खटाइएको थियो।
‘लागूऔषध कारोबार भइरहेको छ भनेर ग्यालरीमा खानतलासी गर्न प्रहरी टोली आएको थियो,’ सञ्चालक सुवास रावलले ‘खानतलासीको नाममा दुई वटा मोबाइल प्रहरी कर्मचारीले नै चोरी गरेर लगेको बताएका छन्। यस अघि प्रहरीले लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका सोही मोबाइल ग्यालरीबाट तीन जनालाई पक्राउ गरेको थियो। धनगढी वडा नम्बर ५ का दोर्णबहादुर रावल,धनगढी वडा नम्बर २ का २९ वर्षीय टेक बिष्ट र धनगढी वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।सम्बन्धित समाचार तल (भिडियो सहित)
धनगढीमा प्रहरीले मोवाईल ग्यालरीबाट मोवाईल चोरेको भिडियो सार्बजनिक (भिडियो सहित)