काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले बुधबार राति १२ः०० बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो।
यस्तै हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढाइएको छ। अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १२२ रुपैयाँ तथा हवाई इन्धन प्रतिलिटर १०६ रुपैयाँ पर्नेछ। यसअघि निगमले कार्तिक २४ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो।