कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा कार्यरत १६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ।
बुधवार कार्यालयले एक सूचनामार्फत उक्त जानकारी दिएको छ।कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकाले दिने अत्यावश्यक बाहेकका सेवा पुस ६ देखि १० गते सम्मलाई बन्द गरिएको छ।
कोरोना संक्रमणबाट जोगिन जोगाउनको लागि उक्त निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दले जानकारी दिएका छन्।