बैतडी। बैतडीको सुर्नया गाउँपालिका-६ खर्काधारका डम्मर अवस्थीको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका सोही ठाउँका नवराज अवस्थीले पनि हत्यामा संलग्न रहेको स्वीकार गरेका छन् । आइतबार नियन्त्रणमा लिएका नवराजलाई सोधपुछ गर्दा उनी पनि हत्यामा संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।
अब अदालतबाट म्याद थपेर उनीमाथि थप अनुसन्धान गरिने ओझाको भनाइ छ । उनले भने, ‘अहिलेसम्म डम्मरको हत्यामा दुईजना संलग्न रहेको स्वीकार गरिसकेका छन् । हामी उनीहरूमाथि थप अनुसन्धान गरिरहेका छौं ।’ यसअघि सोही ठाउँका हरिश अवस्थीले पनि डम्मरको हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन् । गएको मंसिर १४ गतेबाट हराएका डम्मरको शव गत बुधबार स्थानीय धुरा जंगलको गुफामा गाडेको अवस्थामा फेला परेको थियो ।
उनको शव हत्या गरी गुफामा गाडेको अवस्थामा फेला परेको हो । शव पोस्टमार्टमपछि भइसके पनि उनको अन्तिम संस्कार हुन सकेको छैन । उनका आफन्तहरूले हत्यामा संलग्न भएका सबै पक्राउ नपर्दासम्म शव नबुझ्ने अडान लिएका छन् । डम्मर विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता समेत भएकाले उनको पार्टीले समेत हत्यामा संलग्न सबैको पहिचान गरी कारबाही हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने माग अघि सारेको छ ।सम्बधित समाचार पढ्न हेडलाईनमा क्लीक गर्नहोस् (यहाँ तल)
https://www.state7online.com/archives/41140
बैतडीमा जगंलमा गाडेको अवस्था भेटिएका अवस्थीको शव आफन्तले बुझेनन्