कैलाली। कैलालीमा ढुङ्गा बोकेको ट्याक्टरमा लुकाई छिपाई लगेको अबस्थामा सालको काठ बरामद गरिएको छ।
ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले बर्दगोरिया गाउँपालिका ३ रानीकुण्डाबाट सालका ६ ( ७६.९९ क्यु.फिट) थान गोलिया बरामद गरेको हो।
ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले से १ त ५५६० र से २ त ११२ नम्बरको ट्याक्टरबाट उक्त काठ बरामद गरेको जनाएको छ। ७ फिट लम्बाईका सालका गोलिया ट्याक्टरमा अवैध रुपमा लुकाईछिपाई ओसारपोसार गरिरहेको अवस्थामा बरामद गरिएको थियो। बरामद गरेर सो काठ कारबाहीको लागि सव डिभिजन वन कार्यालय बौनियामा बुझाईएको छ।