धनगढी। मोटरसाइकलमा सवार रहेकी कैलालीकी एक महिलाको पुलबाट खोलामा खसेर मृत्यु भएको छ।
गए राति धनगढी उपमहानगरपालिका १६ पथरीस्थित गोकंनरी खोलाको पुलबाट ४० वर्षीया ऐतवारी राना खसेकी थिइन्। सु.प.प्र. ०१ ००९ प ५९७९ नम्बरको उक्त मोटरसाइकल ३८ वर्षीय रजेश रानाले चलाएका थिए।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।पुलबाट खसेकी रानाको खोलाको पानीमा परेर घटनास्थलमै मृत्यु भएको हो। चालक रजेश भने प्रहरी नियन्त्रणमा छन्।