धनगढी। धनगढी ३ चटकपुरमा साथी मार्टको साखा सञ्चालनमा ल्याइएको छ। धनगढी उपमहानगरपालीका ३ चटकपुर चौराह नजिकै डेढ करोडको लगानीमा साथी मार्टको साखा सञ्चालनमा ल्याइएको हो। देशभरी ९० औँ साखा तथा सुदुरपश्चिम प्रदेशमा चौथो साखाको रुपमा साथी मार्ट सञ्चालनमा ल्याइएको शाखाका प्रमुख प्रकाश शाहले जानकारी दिएका छन् ।
उनले सेवाग्राहीलाई मध्यनजर गर्दै यो बर्ष २०० साखा बनाउने तयारी रहेको र सुदुरपश्चिममा आर्थिक बर्षसम्ममा थप २५ साखा बिस्तार गर्ने लक्ष्य लिइएको बताए। उनले भने, साथी मार्टले सिधै कम्पनिबाट खरिद गरेर ग्राहककहाँ समान उपलब्ध गर्ने भएकाले अन्य मार्ट भन्दा गुणस्तर तथा सुलभदरमा उत्पादनका सामाग्री दिइने बताए। यस्तै उत्पादनका बस्तुहरुमा २५ प्रतिशतसम्म छुट, १ हजार मुल्य बढीका सामानमा होम डेलिभरी सेवा, इलेक्ट्रोनिक्समा १० प्रतिशत छुट, खाद्यान्न ५ तथा माछामासुमा १० प्रतिशत छुट दिइएको छ। साथै मार्टले २० प्रतिशत आफ्नै उत्पादन बिक्रि गरिरहेको छ ।सुदुरपश्चिममा दार्चुला, धनगढीको मिलन चोक, उत्तर बेहडी, चटकपुरमा छन् । यसपछि क्याम्पसचोक,मोतीचोक, ब्द्धचोक, शिवनगर चोक, हसनपुर पिपल चौतारा, बैयाबेहडी, तारानगर बिस्तार गर्ने योजना छ । यस्तै कञ्चनपुरको बेलौरी, पुनर्वास लगायत पश्चिमको गड्डाचौकीसहित सुदुरपश्चिमका पहाडी जिल्लामा साखा बिस्तार गर्ने जनाइएको छ । भान्सामा चाहिने सम्पूर्ण सामान एकै छानामुनि रहेको बताउँदै सञ्चालक शाहले एक पटक सेवाको मौका लिन समेत आग्रह गरेका छन् ।सो शाखाको आज सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मन्त्री धामीले सरकारकोनियम र मापदण्ड अनुसार मार्ट सञ्चालनमा ल्याएको भन्दै अत्यन्त खुसी लागेको र साथी मार्ट परिवारलाई धनब्याद ब्यक्त गरे । बरोजगार भएर बसेका युवालाई रोजगारमा आकर्षीत गर्न ,बेरोजगारहरुलाई रोजगार बनाउने र भन्सारबाट आउने सामान तथा कालोबजारीलाई नियन्त्रण गर्न मार्टहरुबाट मद्धत पुगीरहेको उनले बताए।