धनगढी। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निर्देशकमा डाक्टर जगदिश जोशी नियुक्त भएका छन्। निर्देशक गुणराज अवस्थी अनिवार्य अवकासमा गएपछी सामाजिक विकास मन्त्रालयले सो जिम्मेवारी जोशीलाई दिएको हो।
आज देखि उनले स्वास्थ्य निर्देशकको जिम्मेवारीबहन गरेका छन्। उनी सेती प्रादेशीक अस्पतालको इर्मेजेन्सी विभाग प्रमुख तथा सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख पनि रहेका छन्। आज उनलाई एक कार्यक्रमका बिच स्वागत गरिएको थियो।